Sagun Khabar
जेष्ठ क्रियाशील सदस्यहरुलाई नवीकरण प्रमाणपत्र बितरण गर्दै, जेष्ठ सदस्यलाई सम्मान 
Atrya hospital

बैतडी – नेपाली कांग्रेस बैतडीले जेष्ठ क्रियाशील सदस्यहरुलाई नवीकरण प्रमाणपत्र बितरण गर्दै सम्मान सुरु गरेको छ। ७० बर्ष पुगेका र २०४६ सालदेखि पार्टीमा निरन्तर काम गरिरहेका जेष्ठ क्रियाशील सदस्यलाई नवीकरण प्रमाणपत्र वितरण गर्न थालेको हो । जिल्लाको दशरथचन्द नगरपालिकाबाट सुरु भएको कार्यक्रम मेलौली, शिबनाथ हुँदै सिगास गाउँपालिका वितरण भईरहेको छ। हालसम्म ४ सय ५० जना जेष्ठ नागरिक कृयाशील सदस्यहरुलाई नवीकरण क्रियाशील प्रमाणपत्र वितरण गरिसकेको जिल्ला कार्यसमिति सदस्य तथा कृयाशील सदस्य छानबिन र अध्यावधिक समिति संयोजक रमेश बोहराले बताउनुभयो ।

नेपाल कांग्रेस जिल्ला सभापति चतुरबहादुर चन्द, प्रदेश ख का सभापति शिवराज भट्ट, बैतडी जिल्ला सह–सचिव दिपेन्द्रबहादुर चन्द, जिल्ला कोषाध्यक्ष चक्रबहादुर चन्द, नेविसंघका जिल्ला अध्यक्ष दिपेन्द्र ढुंगाल, शिक्षक संघका केन्द्रीय सदस्य लक्ष्मण थापा, सम्बन्धिपालिका सभापति, स्थानीय तहका जनप्रतिनिधिको सहभागिता रहेको थियो ।

बैतडीका १० वटा स्थानीय तहहरु मध्ये ४ वटामा सम्पन्न भएको र ६ वटामा बाँकी रहेको नेपाली कांग्रेस जिल्ला कार्यसमितिले जनाएको छ । प्रमाणपत्र वितरण गरेर सम्मान गर्ने अभियान फागुनभित्र सकिने प्रदेश सभापति भट्टले बताउनुभयो ।

प्रकाशित मिति: मंगलबार, फागुन ६, २०८१  १५:३८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update