
बैतडी–श्री केदार मा.वि. पिपलकोटका जुनियर तथा युवा रेडक्रस सर्कलको आयोजनामा दोगडाकेदार गाउँपालिका एवं विद्यालय सेवा क्षेत्र अन्तर्गतका माध्यमिक तह स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ।
कार्यक्रममा बी.व्य.स.का अध्यक्ष श्री हरिश शरण भट्टको सभाध्यक्षता रहेको थियो भने दोगडाकेदार गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख प्रा.स.गंगा शर्मा प्रमुख अतिथि रहेका थिए। नेपाल रेडक्रस सोसाइटी उपशाखा पिपलकोटका सभापति विशेष अतिथि रहनुभएको कार्यक्रममा पाँच विद्यालयका छ वटा टिमको सहभागिता रहेको थियो।
प्रतियोगितामा श्री भूमिराज माध्यमिक विद्यालय, चडेपानी (बैतडी) प्रथम स्थान हासिल गर्न सफल भयो भने श्री केदार मा.वि. पिपलकोटको एु टिम दोस्रो तथा सोही विद्यालयको बी टिम तृतीय स्थान हासिल गर्न सफल भए ।
विजेता विद्यालय मध्ये प्रथम स्थान लाई नगद रु. २००० र प्रमाणपत्र,द्वितीयलाई नगद रु, १६०० र प्रमाणपत्र,तृतीय लाई नगद रु. १२०० र प्रमाणपत्र
पुरस्कार प्रदान गरिएको थियो ।
त्यसैगरी, प्रतियोगितामा सहभागी सबै विद्यालयलाई सहभागिताको प्रमाणपत्र प्रदान गरिएको रेडक्रसका शिक्षक नायक एवं श्री केदार मा.वि. पिपलकोटका माध्यमिक शिक्षक श्री महेन्द्र बहादुर चन्दले जानकारी दिनुभयो।
यसअघि पनि जुनियर तथा युवा रेडक्रस सर्कलले आधारभूत तह (कक्षा १–५) का लागि हाजिरीजवाफ प्रतियोगिता सञ्चालन गरिसकेको जानकारी दिँदै उहाँले पछिल्लो समयमा विद्यालयको रेडक्रस सर्कलले सरसफाइ तथा अन्य विविध क्षेत्रमा सक्रिय रूपमा कार्य गरिरहेको बताउनुभयो।