Sagun Khabar
लुहार दम्पतीको गुहार - एक पछि अर्को बिरामी, आर्थिक अभाव

बैतडी - बैतडीका हरिष सिह लुहारको दम्पतीले छोराको उपचारमा आर्थिक अभाव भएपछि सहयोगको लागि गुहार गरेको छ । जिल्लाको पाटन नगरपालिका वडा नम्बर ६ खिपाली बस्ने लुहार दम्पतीले आफ्ना ७ वर्षिया छोरा ज्ञानेन्द्र लुहारको उपचारमा आर्थिक अभाव भएपछि सहयोगको लागि गुहार गरेको हो । विगत सात महिना देखि काठमाडौको अन्नपूर्ण निउरो अस्पतालमा उपचारत छोरा ज्ञानेन्द्रको उपचारमा आर्थिक अभाव भएपछी सहयोगको लागि गुहार गरेको उनका बुवा हरिष सिह लुहारले बताए ।

सात महिना देखि अस्पतालमा उपचारत ज्ञानेन्द्र लुहारको उपचारको क्रममा रोग पत्ता नलागेपछि रगत परिक्षणको लागि भारत पठाउन पर्ने भएपछि झन उपचार गर्न झन आर्थिक अभाव भएको उनकी आमा निर्मला लुहारले बताएकी छिन ।

Atrya hospital

लुहार दम्पतीले केही आर्थिक सहयोग संकलन गरेर अहिलेसम्म छोरा ज्ञानेन्द्रको उपचार गराएका भएपनी अब भने उपचारक्रममा थप चेकजाँच गर्न ज्ञानेन्द्रको रगत भारत पठाउन पर्ने भएपछि आर्थिक अभावको छट्पटीमा लुहार दम्पती घर फर्किने कि उपचार गर्ने भन्ने कुरामा अडकिएको बताइएको छ ।

छोराको हिड्न, बस्न, बोल्न र खाना खान नसक्ने अबस्था समेत नरहेपछी उपचार गराउन काठमाडौ पुगेका लुहार अहिले आर्थिक संकटमा परेका छन । बिरामी छोरा ज्ञानेन्द्रको उपचार गराइरहेका दम्पतीको कान्छी छोरीलाई समेत तेहि समस्या आएपछि अहिले दुवै छोरा छोरी अन्नपूर्ण निउरो अस्पतालमा उपचारत रहेका ज्ञानेन्द्रका बुवा हरिष सिह लुहारले बताए ।

उहाँलाई सहयोग गर्न - 0823901768396011 HARISH B.K नामको कृषि बिकास बैङकको खाता रहेको छ ।

Open photo

 

Open photo

प्रकाशित मिति: मंगलबार, फागुन ६, २०८१  २०:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update