Sagun Khabar
बैतडीको डिलासैनीमा योजना सम्झौता र अपाङ्ग परिचयपत्र शिविर सञ्चालन हुने

बैतडी–बैतडीको डिलासैनी गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१÷८२ मा विनियोजित बजेटअन्तर्गतका बाँकी योजनाहरूको सम्झौता गर्न विशेष शिविर सञ्चालन गर्ने भएको छ । साथै, अपाङ्गता भएका व्यक्तिहरूका लागि परिचयपत्र वितरण शिविर पनि सञ्चालन गरिनेछ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश सिंह बोहराद्वारा हस्ताक्षरित पत्रअनुसार, तोकिएको मिति, समय, र स्थानमा उपस्थित भई योजनाका उपभोक्ता समितिहरूले आवश्यक कागजातसहित सम्झौता प्रक्रिया पूरा गर्नुपर्नेछ । यसैगरी, अपाङ्ग परिचयपत्र लिन चाहने व्यक्तिहरूले पनि तोकिएको समयमा आवश्यक प्रमाणसहित शिविरमा सहभागी हुनुपर्नेछ ।

Atrya hospital

गाउँपालिकाले योजना सम्झौता तथा अपाङ्ग परिचयपत्र वितरण शिविर सञ्चालन गर्न यहि फागुन ९ गते वडा नं. ९ को कार्यालयमा,फागुन १० गते वडा नं. २ को कार्यालयमा,११ गते वडा नं. ३ को कार्यालयमा,१२ गते वडा नं. ५ को कार्यालयमा र १३ गते वडा नं. ६ को कार्यालयमा शिविर सञ्चालनको तयारि गरेको छ ।

गाउँपालिकाले सम्पूर्ण उपभोक्ता समितिहरूलाई तोकिएको समय र स्थानमा उपस्थित भई सम्झौता प्रक्रिया सहज बनाउन आग्रह गरेको छ । साथै, आवश्यक कागजातहरू अनिवार्य रूपमा साथमा ल्याउन समेत अनुरोध गरिएको छ ।

सम्बन्धित योजनाका लाभग्राहीहरूलाई समयमा सम्झौता गरी योजनाको कार्यान्वयनलाई तीव्रता दिन डिलासैनी गाउँपालिकाले विशेष पहल गरेको हो ।
 

प्रकाशित मिति: बुधबार, फागुन ७, २०८१  १७:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update