
बैतडी–बैतडीको पञ्चेश्वर गाउँपालिकामा विद्यालयस्तरीय वार्षिक परीक्षा आगामी चैत्र ७ गतेदेखि सुरु हुने भएको छ । गाउँपालिकाले जारी गरेको सूचनाअनुसार, कक्षा ४ देखि ९ सम्म का विद्यार्थीहरूको परीक्षा एकै मितिबाट सञ्चालन गरिनेछ ।
गाउँपालिकाका सम्पूर्ण विद्यालयमा एकरूपता कायम गर्न तथा परीक्षालाई व्यवस्थित बनाउने उद्देश्यले कार्यपालिकाको बैठकबाट पारित निर्णयअनुसार परीक्षा तालिका तयार गरिएको हो । यसका साथै, कक्षा ८ को नगरस्तरीय परीक्षा पनि सोही मितिदेखि सुरु हुने गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले सम्पूर्ण विद्यालय व्यवस्थापन, शिक्षक, विद्यार्थी तथा अभिभावकहरूलाई निर्धारित मिति, समय तथा परीक्षा निर्देशिका पालन गर्न अनुरोध गरेको छ । परीक्षालाई मर्यादित रूपमा सम्पन्न गर्न विद्यालय प्रशासनले आवश्यक तयारी गरिसकेको छ ।
विद्यार्थीहरूलाई समयमै तयारी गर्न आग्रह गर्दै, परीक्षा सुव्यवस्थित बनाउने सम्पूर्ण प्रक्रियामा सबै पक्षको सहयोग आवश्यक रहेको गाउँपालिकाले उल्लेख गरेको छ ।
तालिका :