
अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई ‘तानाशाह’ को रूपमा टिप्पणी गर्दै चुनाव नगर्ने निर्णयले उनको स्वेच्छाचारी प्रवृत्ति झल्किएको आरोप लगाउनुभएको छ। ट्रम्पको यो टिप्पणीलाई बीबीसीले उद्धृत गरेको छ।
सन् २०२२ फेब्रुअरीमा रुसी आक्रमणपछि युक्रेनमा ‘मार्शल ल’ लागू भएपछि त्यहाँको निर्वाचन स्थगित भएको हो। यता, ट्रम्पको टिप्पणीको जवाफमा जेलेन्स्कीले अमेरिका–रुस वार्तापछि ट्रम्प रुसको गलत सूचनाबाट प्रभावित भएको दाबी गरेका थिए।
साउदी अरबमा सम्पन्न वार्तामा युक्रेनलाई सामेल नगरिएकाले यूरोपेली देशहरू असन्तुष्ट देखिएका छन्। फ्रान्स, बेलायत, जर्मनी, पोल्याण्ड, इटाली, स्पेन र डेनमार्क लगायतका राष्ट्रहरूले युक्रेनबिना कुनै सम्झौता मान्य नहुने बताएका छन्।
तर, ट्रम्पले भने युक्रेन युद्ध अन्त्य गर्ने शक्ति आफूमा रहेको दाबी गर्नुभएको छ। साउदी अरबमा रुस र अमेरिकाबीच भएका वार्तामा युद्ध अन्त्यका लागि उच्चस्तरीय वार्ता गर्ने सहमति भएको र त्यसबारे रुसी विदेशमन्त्री सर्गेइ लाभरोभले जानकारी दिनुभएको छ।