
चारदेशीय अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा आज दुई रोमाञ्चक खेल हुँदैछन्। पहिलो खेलमा दिउँसो २ बजे म्यानमार र किर्गिस्तान भिड्नेछन् भने दोस्रो खेलमा नेपाल र लेबनान बेलुका ६ बजे आमनेसामने हुनेछन्। दुवै खेल काठमाडौंस्थित दशरथ रंगशालामा हुनेछन्।
सोमबार सम्पन्न पहिलो खेलमा नेपालले किर्गिस्तानलाई १-० गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको थियो। त्यस्तै, म्यानमारले लेबनानलाई ३-१ गोल अन्तरले हराएको थियो।
आज नेपाल र म्यानमारले जित निकालेमा अन्तिम खेल अघि नै दुबै टोली फाइनलमा प्रवेश गर्नेछन्। प्रतियोगिताको फाइनल खेल यही फागुन १४ गते हुने तय छ।
प्रकाशित मिति: बिहीबार, फागुन ८, २०८१ १०:०४
प्रतिक्रिया दिनुहोस्