Sagun Khabar
७६ वर्षीय हजुरबुवाको हातबाट प्रकृति लम्सालको अन्तिम बिदाइ

भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा शंकास्पद रूपमा मृत्यु भएकी भैरहवाकी प्रकृति लम्सालको बुधबार राति अन्तिम संस्कार गरिएको छ। ७६ वर्षीय हजुरबुवा देवनाथ लम्सालले उनलाई दागबत्ती दिनुभएको हो।

स्वर्गद्वारी घाटमा गरिएको अन्त्येष्टिमा सिद्धार्थनगरका स्थानीयवासीको ठूलो उपस्थिति रहेको थियो। भारतबाट गोरखपुर हुँदै राति ९ बजे उनको पार्थिव शरीर भैरहवा ल्याइएको थियो। बुवा लगायतका परिवारजन अर्को उडानबाट ढिलो आइपुगेका कारण शव भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा राखिएको थियो।

Atrya hospital

बिहान ११ बजे शवलाई परिवारको निवास सिद्धार्थनगर–८ मा पु-याइ श्रद्धाञ्जली दिइयो। त्यसपछि दिउँसो १२ बजे शवयात्रा निकालिएको थियो, जहाँ आफन्तहरूका साथै केआईआईटीमा अध्ययनरत उनका सहपाठीहरूको समेत उपस्थिति थियो।

२०६१ साल असार ४ गते भैरहवामा जन्मिएकी लम्सालको गत आइतबार केआईआईटीको छात्रावासमा झुण्डिएको अवस्थामा शव फेला परेको थियो। घटनाबारे अनुसन्धान गर्न भारतीय प्रहरीले एक जनालाई हिरासतमा लिएको छ। परिवारले छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेको छ।

प्रकाशित मिति: बिहीबार, फागुन ८, २०८१  १०:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update