Sagun Khabar
कक्षा ११ र १२ का पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षाको तालिका सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२) ले २०८२ वैशाख २६ गतेदेखि सञ्चालन हुने पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक गरेको छ।

साधारणतर्फ रजिस्ट्रेशन नम्बरको सुरुका दुई अंक ५६ देखि ७७ सम्म र प्राविधिकतर्फ सुरुका दुई अंक ७३ देखि ७८ सम्मका परीक्षार्थीहरूको परीक्षा तालिका सार्वजनिक गरिएको हो। यसअनुसार, साधारणतर्फ पुराना आंशिक तथा ग्रेडवृद्धि र प्राविधिकतर्फ आंशिक परीक्षार्थीहरूका लागि परीक्षा सञ्चालन हुने छ।

Atrya hospital

परीक्षा बिहान ७:०० देखि १०:०० बजेसम्म हुनेछ। समय तालिका यसप्रकार छ:

SEE-scaled-1740026189.jpg
 

प्रकाशित मिति: बिहीबार, फागुन ८, २०८१  १०:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update