Sagun Khabar
कांग्रेस सभापति शेरबहादुर देउवाको भारत भ्रमण रद्द
Atrya hospital

काठमाडौं, फागुन ८ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको भारत भ्रमण अन्तिम समयमा रद्द भएको छ। इण्डिया फाउण्डेसनद्वारा आयोजित ‘कुम्भ ग्लोबल समिट अन डेभलपमेन्ट एण्ड सस्टेइनबिलीटी’ कार्यक्रममा वक्ताको रूपमा सहभागिता जनाउन देउवा आज भारत जानेलाई थिए।

शुक्रबार र शनिबार प्रयागराजमा हुने समिटमा देउवालाई आमन्त्रित गरिएको थियो, तर अन्तिम समयमा आएर भ्रमण रद्द भएको जानकारी कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले दिएका छन्। पौडेलले भ्रमण रद्द हुनुको कारणबारे भने कुनै स्पष्ट जानकारी दिएका छैनन्।

“सभापति भारत जाने तयारीमा थिए, तर भ्रमण रद्द भएको छ,” पौडेलले भने।

प्रकाशित मिति: बिहीबार, फागुन ८, २०८१  १२:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update