Sagun Khabar
पाटन नगरपालिकामा तिन पाङ्ग्रे सवारी साधन दर्ता अनिवार्य 
Atrya hospital

पाटन, बैतडी — पाटन नगरपालिकाले तीन पाङ्ग्रे सवारी साधन, अर्थात् अटो रिक्सा (अटो) दर्ताका लागि सूचना जारी गरेको छ । नेपाल सरकारको संविधान २०७२ को अनुसूची ९ र स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ तथा सुदूरपश्चिम प्रदेश सरकारको सवारी तथा यातायात व्यवस्था नियमावली २०८१ अनुसार सावारी साधन दर्ता प्रक्रिया सुरु गरिएको हो ।

नगरपालिकाको सूचनामा भनिएको छ कि पाटन नगरपालिकाको क्षेत्रभित्र व्यावसायिक रूपमा सञ्चालन भइरहेको तीन पाङ्ग्रे सवारी साधन (अटो रिक्सा) अनिवार्य रूपमा दर्ता गर्नुपर्नेछ । सवारी साधन सञ्चालन गर्ने व्यक्तिहरू, फर्महरू, कम्पनीहरू तथा अन्य संस्थाहरूले आफ्ना सवारी साधन दर्ता गर्नुपर्ने सूचनामा उल्लेख गरिएको छ । यसका लागि सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र पाटन नगरपालिकाको कार्यालयमा आवश्यक कागजातहरू सहित निवेदन फारम बुझाउन आग्रह गरिएको छ ।

दर्ताका लागि  नेपाली नागरिकताको प्रतिलिपि,सवारी स्थानान्तरण पत्र,भन्सार छुट्टी प्रमाण,सावारी खरिद गरेका बिल प्रमाणहरू,सवारी साधन अनुमती पत्र र ब्लुबुक आवश्यक रहेको र नगरपालिकाले सम्बन्धित सबैलाई तोकिएको समयभित्र आवश्यक प्रक्रिया पुरा गर्न अनुरोध गरेको छ ।

प्रकाशित मिति: बिहीबार, फागुन ८, २०८१  १६:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update