Sagun Khabar
बैतडीमा अन्तरपालिका भलिबल प्रतियोगिता सञ्चालन हुने : प्रथम पुरस्कार १ लाख २५ हजार 

बैतडी –बैतडीमा जिल्लास्तरीय अन्तरपालिका भलिबल प्रतियोगिता यही फागुन १५ गतेदेखि हुने भएको छ ।

गोठलापानीस्थित जगन्नाथ बहुमुखी क्याम्पसको खेलमैदानमा सञ्चालन हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजक मेनेजर तेजबहादुर चन्द ट्रष्टका सचिव विनोदबहादुर चन्दले बताए । 

Atrya hospital

फागुन १८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा जिल्लाका १० ओटै स्थानीय तहको सहभागिता रहने जनाइएको छ । प्रतियोगिताको विजेताले १ लाख २५ हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले ७५ हजार रुपैयाँ पुरस्कार र ट्रफी पाउने ट्रष्टका सचिव चन्दले जानकारी दिए ।

यस्तै प्रतियोगिताको तृतीय पुरस्कार ३५ हजार र ट्रफी राखिएको छ भने सान्त्वना स्थान प्राप्त गर्नेले नगद १५ हजारसहित ट्रफी प्राप्त गर्ने बताइएको छ । 

यस्तै प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई नगद ५ हजारसहित ट्रफी प्रदान गरिने आयोजक संस्थाले जनाएको छ । 

स्थानीयस्तरमा खेलाडी उत्पादन गर्ने र खेलाडीहरुको क्षमता अभिवृद्धिका लागि ट्रष्टले विगतदेखि नै प्रतियोगिता सञ्चालन गर्दै आएको सचिव चन्दले बताए । यसका साथै ट्रष्टले विभिन्न सामाजिक कार्यहरु समेत गर्दै आएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, फागुन ९, २०८१  १७:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update