Sagun Khabar
बैतडीमा भीरमा फेला परेको शवको अझै सनाखत भएन

बैतडी –बैतडीमा १० दिनअघि भीरमा फेला परेको वेवारिसे शवको अझै सनाखत हुन सकेको छैन् । 

यही फागुन १ गते जिल्लाको पाटन नगरपालिका–८ आरुबाटा भीरमा उक्त शव फेला परेको थियो । विद्यार्थीहरुले भीरमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । 

Atrya hospital

प्रहरीले उक्त शवलाई भीरबाट निकालेर पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा पोष्टमार्टम गरिएको थियो । सडेको अवस्थामा फेला परेको उक्त शवको हुलिया सार्वजनिक गरिएको भएपनि अहिले सम्म सनाखत हुन सकेको छैन् । 
जिल्ला अस्पतालको शव गृहमा राखिएको शवको सनाखत नभएपछि शव व्यवस्थापन गर्ने प्रक्रियामा जाने तयारी भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले बताए । 

माथिल्लो शरीरमा निलो ट्रयाक सुट र खरानी रंगको हाइनेक लगाएको र तल्लो शरीरमा कालो रंगको पाइन्ट लगाएको व्यक्तिको शव रहेको प्रहरीले जनाएको छ । उक्त शवको बिषयमा सबै ठाउँमा जानकारी गराइसकिएको भएपनि अहिले सम्म कोही सम्पर्कमा नआएको प्रहरी निरीक्षक पाण्डेयले बताए । 

सञ्चार माध्यम तथा अन्य माध्यमबाट सूचना जारी गर्दा समेत शवको सनाखत नभएपछि  शव व्यवस्थापन निर्देशिका अनुसार उक्त शवको सतगत गर्ने तयारी भएको प्रहरी निरीक्षक पाण्डेयले बताए । 
 

प्रकाशित मिति: शनिबार, फागुन १०, २०८१  ०८:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update