Sagun Khabar
कुम्भमेलाबाट फर्कंदै गरेका नेपाली चढेको जिप दुर्घटना : चार जनाको मृत्यु 
Atrya hospital

काठमाण्डौ – भारतको प्रयागराजमा महाकुम्भ स्नान गरी फर्किंदै गरेका चार जना नेपालीको जिप दुर्घटनामा परी मृत्यु भएको छ । भारतको उत्तर प्रदेश राज्यअन्तर्गत गोरखपुरमा जिप ट्याक्टरसँग ठोक्किंदा सप्तरीका तीन जना र सुनसरीका एक जनाको मृत्यु भएको हो । 

मृत्यु हुनेमा सप्तरीको कञ्चनरुप नगरपालिका–७ का ६३ वर्षीय पर्शुराम चौधरी, ६२ वर्षीया लीलाबतीदेवी चौधरी र कञ्चनरुप–५ की ५५ वर्षीया हरिहरदेवी यादव रहेका कञ्चनरुप–७ का वडाध्यक्ष श्यामानन्द चौधरीले जानकारी दिए  ।

यस्तै सुनसरीको कोशी गाउँपालिका–२ की ६० वर्षीया सन्तोलियादेवी यादवको पनि ज्यान गएको छ । चारै जनाको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा सात जना घाइते भएका छन् ।
 

प्रकाशित मिति: शनिबार, फागुन १०, २०८१  १६:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update