
बैतडी –बैतडीमा जिप दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । जिल्लाको सुर्नया गाउँपालिका–८ ढोलेको बजालाउनेधारमा जिप दुर्घटनामा परेको हो ।
शनिबार साँझ पौने सात बजेतिर से १ ज ४१४ नम्बरको जिप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले बताए ।
जिपमा चालकसहित ६ जना सवार रहेकामा तीन जना घाइते भएका र दुई जना सकुशल रहेका प्रहरी निरीक्षक पाण्डेयले बताए ।
घाइते हुनेमा डडेल्धुराको अमरगढी नगरपालिका–७ का ३५ बर्षीय दिपक कैनी, सोही ठाउँका ४५ बर्षीय टेक कैनी र ५६ बर्षीय शिव पार्की रहेका छन् । जिप चालक ३२ बर्षीय केशव कैनी फरार रहेका प्रहरीले जनाएको छ ।
घाइतेहरुलाई उपचारका लागि डडेल्धुरा अस्पताल लगिएको प्रहरीले जनाएको छ । तामाको भाडाकुँडा विक्रि गर्नेहरु दुर्घटना परेका हुन् ।
जिपमा ३५ ओटा बाख्रा पनि रहेका र ती मध्ये ३ ओटा बाख्रा मरेका छन् भने ५ ओटा घाइते भएका छन् ।
कच्ची सडकमा जिप अनियन्त्रित भइ सडकबाट १५० मिटर तल खसेको बताइएको छ । घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।