Sagun Khabar
प्रधानमन्त्री कप क्रिकेट : बैतडीको टोली घोषणा, बसन्त खत्री कप्तान

बैतडी-बैतडी जिल्ला क्रिकेट संघले प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनोटका लागि बैतडीको टोली घोषणा गरेको छ। संघले आज एक सूचना जारी गर्दै बसन्त खत्रीको कप्तानीमा १४ सदस्यीय टोली सार्वजनिक गरेको हो।

कप्तान खत्री सहित टोलीमा गजेन्द्र बोहरा, खडक बोहरा, दिपक बोहरा, प्रदीप चन्द, लोकेश चन्द, सुमित बुडाल, सचिन भट्ट, भुपेन्द्र चन्द, लोकेन्द्र चन्द, हिक्मत महरा, सुदीप कार्की, उमेश जोशी र सुनिल चन्द समावेश छन्। साथै, रिसिकेश बोहरा, आयुस चन्द र कमल बुडाललाई वैकल्पिक खेलाडीका रूपमा चयन गरिएको बैतडी जिल्ला क्रिकेट संघका सचिव सिद्धराज बोकटीले जानकारी दिनुभयो।

Atrya hospital

संघका अध्यक्ष विनोदबहादुर चन्दका अनुसार गत पुसमा सम्पन्न जिल्लास्तरीय छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरूलाई छनोट गरिएको हो।

सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको आयोजना तथा बैतडी जिल्ला क्रिकेट संघको सहआयोजनामा आइतबारदेखि दशरथचन्द क्रिकेट मैदानमा प्रतियोगिता सुरु भएको छ। आठ टोलीको सहभागिता रहेको प्रतियोगिता प्लेट र एलाइट गरी दुई चरणमा विभाजित गरिएको छ। प्लेट च्याम्पियनसिपका खेलहरू आजदेखि सुरु भएका छन् भने फागुन १४ गतेदेखि एलाइट कपका खेलहरू सञ्चालन हुनेछन्।

प्रकाशित मिति: आइतबार, फागुन ११, २०८१  १८:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update