
बझाङ जिल्लाको बित्थडचिर क्षेत्रमा भिरमा एक शिक्षकको शव फेला परेको छ। बित्थडचिर गाउँपालिका–९ स्याडी प्रहरी चौकी र बित्थडचिर क्षेत्रको बीचमा पर्ने भिरमा शव अड्किएको अवस्थामा आज बिहान फेला परेको हो।
जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार मृतक शिक्षक बित्थडचिर गाउँपालिका–३ तल्ला गाउँका हर्कबहादुर बोहरा हुन्। उनी महादेव माध्यमिक विद्यालयमा कार्यरत थिए। शव जयपृथ्वी राजमार्गदेखि तल खोलातर्फको भिरमा अड्किएको अवस्थामा भेटिएको हो।
घटनाको थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थलतर्फ गएको जनाइएको छ।
प्रकाशित मिति: सोमबार, फागुन १२, २०८१ १२:१८
प्रतिक्रिया दिनुहोस्