
बैतडी — सुर्नया गाउँपालिकाले आधारभूत तह कक्षा ८ को वार्षिक परीक्षा सञ्चालनका लागि विभिन्न विद्यालयहरूलाई परीक्षा केन्द्रका रूपमा तोकेको छ । मिति २०८१÷११÷११ गते बसेको गाउँपालिकाको शिक्षा समितिको बैठकले आठवटा विद्यालयलाई परीक्षा केन्द्रका रूपमा चयन गरेको हो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकराज जोशीद्वारा हस्ताक्षरित पत्रअनुसार तोकिएका परीक्षा केन्द्रहरू सार्वजनिक गरिएका छन् ।
जसअनुसार उच्चाकोट मा.वि. सुर्नया १ गुर्केलीको सोही विद्यालय परीक्षा केन्द्र हुनेछ । नेपाल राष्ट्रिय मा.वि. ग्वानी, वासुदेब मा.वि. लिस्किटा, बासुदेब आ.वि.तडीगाउँ र केदार आ.वि. सल्लाघारी डुङ्गरी वासुदेब मा.वि. लिस्किटा केन्द्रमा समावेश हुनेछन् । भुवनेश्वर मा.वि. गोयली र विशेश्वर आ.वि. सुर्नया ३ बाँस भुवनेश्वर मा.वि.गोयलीः केन्द्रअन्तर्गत रहनेछन् ।
यस्तै राष्ट्रिय मावि. सुर्नया ४ फाटिगडा केन्द्रमा उदयदेव मा.वि.पालिगडा, पञ्चदेव आ.वि. डबराली र सोही विद्यालय समावेश हुनेछन् । रौलेश्वर मा.वि. रामकिवरायल केन्द्रमा सोही विद्यालय र सिद्धनाथ आ.वि. धुलिधार सहभागी हुनेछन् ।
यस्तै भुवनेश्वर मा.वि. सुर्नया ७ पत्थरकोट, चौथाली केन्द्रमा सोही विद्यालय र शंकर संस्कृत मा.वि. मुलखटाली समावेश हुनेछन् । सिगास मा.वि. मुसेरौटे केन्द्रमा सोही विद्यालय र गलिनाथ आ.वि. चौका परीक्षा दिनेछन् ।
र केदार मा.वि. कठमडा केन्द्रमा कैलपाल मा.वि. झाड्बो, भूमिराज मा.वि. ढोले र सोही विद्यालयको परीक्षा सञ्चालन हुनेछ ।
गाउँपालिकाले तोकिएका परीक्षा केन्द्रहरूमा आवश्यक तयारी र व्यवस्थापन गर्न सम्बन्धित विद्यालयहरूलाई निर्देशन दिएको छ । साथै, परीक्षा सुचारु र मर्यादित बनाउन सबै पक्षको सहयोग आवश्यक रहेको पनि उल्लेख गरिएको छ ।