
डिलासैनी, बैतडी — डिलासैनी गाउँपालिकाको आयोजनामा महाशिवरात्रीको अवसर पारी फागुन १४ गतेदेखि १६ गतेसम्म डिलासैनी गाउँपालिका वडा नं. ५ स्थित हरिनगर खेल मैदानमा कृषि मेला प्रदर्शनी आयोजना गरिने भएको छ ।
गाउँपालिकाको विकास निर्माणमा टेवा पु¥याउने उद्देश्यले आयोजना गर्न लागिएको सो मेलामा स्थानीयस्तरमा उत्पादित विभिन्न कृषिजन्य सामग्रीहरूको प्रदर्शनी गरिनेछ । मेलामा सहभागी उत्कृष्ट कृषक र समूहलाई पुरस्कार प्रदान गरिनेछ ।
डिलासैनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश सिंह बोहराका अनुसार कृषि मेलामा खाद्यान्न बाली, दलहन तथा नगदे बाली, फलफूल बाली, तरकारी बाली, आलु बाली, मसला बाली, तेलहन बाली,लहरे बाली र च्याउँ लगायतका कृषिजन्य सामग्रीहरूको प्रदर्शन गरिनेछ ।
यस्तै प्रदर्शनीमा भएका कृषि जन्य वस्तुहरुको प्रत्येक बाली समुहमा प्रथम,द्वितीय,तृतीय रसान्त्वनालाई क्रमशः २ हजार,१५ सय,एक हजार,र पाँच सय पुरस्कार प्रदान गरिने जनाएइको छ ।
कृषि मेलामा स्थानीय कृषि उत्पादनको प्रवद्र्धन गर्नुका साथै नवप्रवर्तन र सीप आदान–प्रदानलाई प्रोत्साहित गरिने आयोजकले जनाएको छ । सहभागी कृषकहरूले आफ्नो उत्पादन प्रदर्शन गर्नका लागि कुनै शुल्क नलाग्ने व्यवस्था गरिएको छ ।