Sagun Khabar
महारुद्र देवताका ‘धामी’ टेरको निधन 
Atrya hospital

बैतडी –बैतडीको दशरथचन्द नगरपालिका–१ स्थित प्रसिद्ध महारुद्र धामका धामी जैबहादुर टेरको निधन भएको छ । दशरथचन्द नगरपालिका–१ जरकट्टे घर भएका टेरको ८६ बर्षको उमेरमा गएराति निधन भएको उनका भतिजा हरिश टेरले बताए । 

पछिल्लो समयमा क्यान्सर रोगबाट पीडित टेरलाई उपचार गराएर घर ल्याइएको थियो । एक्कासी उनको स्वास्थ्यमा समस्या आएपछि गएराति १० बजे उनको निधन भएको बताइएको छ । 

मृतक टेरको महारुद्र आर्यघाटमै अन्तिम दाहसंस्कार गरिएको छ । महारुद्र देवता धामी टेरको निधनले जरकट्टे गाउँ शोकमा डुबेको छ । टेरको निधनले एक सामाजिक तथा धार्मिक व्यक्तित्वको अवसान भएको बताइएको छ । 
 

प्रकाशित मिति: मंगलबार, फागुन १३, २०८१  ०७:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update