-1740462835.jpg)
दार्चुला-दार्चुलाको गोकुलेश्वरस्थित शैल्यशिखर पोलिक्लिनिक प्रा. लि. मा निजी क्षेत्रबाटै हाडजोर्नी, नशा तथा बाथरोग सम्बन्धी विशेषज्ञ सेवा सुरु हुने भएको छ। पोलिक्लिनिकका अनुसार यही फागुन १५, १६ र १७ गतेसम्म वरिष्ठ हाडजोर्नी तथा बाथरोग विशेषज्ञ डा. इन्द्र बहादुर शाहद्वारा स्वास्थ्य जाँच सेवा प्रदान गरिनेछ।
पोलिक्लिनिकमार्फत हातखुट्टाका जोर्नी दुख्ने, चिसो मौसममा जोर्नी कठ्यांग्रिने तथा सुन्निने समस्या, जोर्नीमा संक्रमण, मांसपेशी दुखाइ, हातखुट्टा बाउँडिने तथा फर्फराउने समस्या, सम्पूर्ण शरीर पोल्ने र झम्झमाउने, मेरुदण्ड तथा गर्धन दुखाइ, जोर्नी चलाउन गाह्रो हुने, हड्डीमा करकर तथा कराउने समस्या, क्याल्सियमको कमी, जोर्नी बाङ्गोटिङ्गो हुने, घुँडा सुन्निने, सोल्जर जोर्नी दुखाइ, युरिक एसिडका कारण हुने दुखाइ, हड्डीहरू बढ्ने, बिहान उठ्दा जोर्नी जमेर दुख्ने, ज्वरो आउने, ढाड, कम्मर तथा घाँटीको हड्डी भाँचिएको वा बाङ्गिएको लगायतका समस्या भएका बिरामीहरूले सेवा लिन सक्नेछन्।
पोलिक्लिनिकका अनुसार स्थानीय नागरिकहरूलाई सहज र सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले निजी क्षेत्रबाटै सुरु गरिएको यो सेवा क्षेत्रको स्वास्थ्य सेवालाई थप व्यवस्थित बनाउन मद्दत गर्ने विश्वास लिइएको छ।