Sagun Khabar
जिल्ला अस्पताल बैतडीमा स्त्री तथा प्रसूती रोग बिशेषज्ञ हाजिर

बैतडी –जिल्ला अस्पताल बैतडीमा लामो समयपछि स्त्री तथा प्रसूती रोग बिशेषज्ञ चिकित्सक हाजिर भएका छन् । 

स्त्री तथा प्रसूती रोग बिशेषज्ञ डा. रामकुमार यादव जिल्ला अस्पताल बैतडीमा हाजिर भएका अस्पतालका प्रमुख डा. सुशील विकले बताए । यस्तै नयाँ मेडिकल अधिकृतको रुपमा डा. निश्चल ज्ञवाली समेत अस्पतालमा हाजिर भएका उनले बताए । 

Atrya hospital

दुवै जनालाई जिल्ला अस्पतालमा मंगलबार एक कार्यक्रमको आयोजना गरेर स्वागत गरिएको छ । स्त्री तथा प्रसूती रोग बिशेषज्ञ डाक्टर आएसंगै महिलाहरुलाई उपचारका लागि सहज हुने अस्पतालका प्रमुख डा. विकले बताए । 
सुदूरपश्चिम प्रदेश सरकारले परामर्श सेवाबाट डा. यादवलाई छनौट गरेर जिल्ला अस्पतालमा पठाएको बताइएको छ । यस्तै मेडिकल अधिकृत ज्ञवाली छात्रवृति करारबाट जिल्ला अस्पतालमा हाजिर भएका अस्पताल व्यवस्थापन समिति अध्यक्ष पार्वती भट्टले बताइन् । 

जिल्ला अस्पताल बैतडीमा अहिले २ जना बिशेषज्ञ, एकजना दन्त रोग बिशेषज्ञ र ६ जना मेडिकल अधिकृत गरेर ९ जना चिकित्सक कार्यरत रहेका छन् । 

अस्पतालमा यसअघि स्त्री तथा प्रसूती रोग बिशेषज्ञ नहुँदा प्रभावित भएका सेवाहरु सुचारु भएका डा. विकले बताए । 
 

प्रकाशित मिति: मंगलबार, फागुन १३, २०८१  १९:०७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update