Sagun Khabar
शिव धाम सप्तदेवलमा महाशिवरात्रि मेलाको तयारी पूरा

बैतडी-बैतडीको प्रसिद्ध धार्मिक स्थल पञ्चदेव शिव धाम सप्तदेवल मन्दिरमा महाशिवरात्रि मेलाको सम्पूर्ण तयारी पूरा भएको छ। महाशिवरात्रिको अवसरमा देशका विभिन्न स्थानसँगै छिमेकी मुलुक भारतबाट पनि तीर्थालु र पर्यटकहरूको आगमनको अपेक्षा गरिएको छ।

मन्दिर परिसरलाई रङ्गीचङ्गी सजावट र आकर्षक बिजुली बत्तिहरूसँग सजाइएको छ। मन्दिरका प्रमुख पुजारी कमलदेव भट्टको नेतृत्वमा महाशिवरात्रिका अवसरमा विशेष तयारी गरिएको छ। भट्टका अनुसार, मन्दिर परिसरको सफाइ, शौचालय, खानेपानी र जुत्ताचप्पल राख्ने स्थानको व्यवस्था पनि मिलाइएको छ, जसले भक्तजनहरूलाई सहजीकरण गर्नेछ।

Atrya hospital

महाशिवरात्रिका दिन बैतडी देवलहाटस्थित शिव मन्दिरमा पुजा र अखण्ड कीर्तन आयोजना हुने भएकोले सम्पूर्ण भक्तजन र कीर्तन प्रेमीहरूलाई हार्दिक निमन्त्रणा गरिएको छ।

 पञ्चदेव शिव धाम सप्तदेवल मन्दिरमा हरेक शिवरात्रिका दिन ठूलो मेला लाग्ने गर्दछ। सो मेलामा जिल्लाका विभिन्न स्थानबाट दर्शनका लागि भक्तजनहरूको ठूलो भीड लाग्ने गरेको छ। यहाँको दर्शन गर्दा मनोकामना पूर्ण हुने विश्वास स्थानीय समुदायमा प्रचलित रहेको छ।

मुख्य पुजारी कमलदेव भट्टका अनुसार, पञ्चदेव शिव धाम सप्तदेवल मन्दिरको दर्शनले शुद्ध मनले आफ्नो मनोकामना पूरा गर्न सक्ने विश्वास रहेको छ। यस धार्मिक स्थलको दर्शन गर्दा भक्तजनहरूको आस्था र श्रद्धा अझ प्रगाढ हुने गर्छ।

सम्पूर्ण तयारी र विशेष प्रबन्धका साथ यस वर्षको महाशिवरात्रिमा पञ्चदेव शिव धाम सप्तदेवल मन्दिरले भक्तजनहरूलाई भक्तिभाव र सद्भावका साथ स्वागत गर्ने तयारी गरेको छ।

प्रकाशित मिति: मंगलबार, फागुन १३, २०८१  २०:३४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update