Sagun Khabar
अफगानिस्तानमा असिना पानीका कारण २९ जनाको मृत्यु 

अफगानिस्तानमा ठूलो असिना पानीका कारण २९ जनाको मृत्यु भएको छ । पश्चिमी फराह प्रान्तमा असिनाका कारण २१ जनाले र दक्षिणी कान्दाहारमा ठूलो पानीका कारण आठ जनाले ज्यान गुमाएका ती प्रान्तको विपद् व्यवस्थापन विभागलाई उद्धृत गरी समाचार संस्था एएफपीले उल्लेख गरेको छ ।

फराहमा असिनाका कारण ६ जना घाइते भएका विपद् व्यवस्थापन विभागका प्रमुख मोहम्मद इजरायल सायरले जानकारी दिए । 

Atrya hospital

असिना परेर मृत्यु हुने र घाइते हुनेहरु पिकनिकमा गएका दुई परिवारका सदस्य रहेका छन् । त्यस्तै कान्दाहारमा ठूलो वर्षा भएपछि महिला र बालबालिकासहित आठ जनाको मृत्यु भएको हो । 

अफगानिस्तान जलवायु परिवर्तनको चपेटामा परेको र चरम मौसमी घटना बढ्दै गएका विज्ञले बताएका छन । अफगानिस्तान जलवायु परिवर्तनको सबैभन्दा बढी संवेदनशील देशहरूको सूचीमा छैटौँ स्थानमा छ ।  
 

प्रकाशित मिति: बुधबार, फागुन १४, २०८१  १०:४०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update