
बैतडी –बैतडीको पाटन नगरपालिका–३ स्थित प्रसिद्ध वनारसी धाम विश्वनाथमा महाशिवरात्रिको अवसरमा महारुद्राभिषेक शुरु गरिएको छ ।
सुर्नया नदीको तटमा अवस्थित वनारसी धाममा पछिल्लो समयमा विश्वनाथ ज्योतिर्लिङ्ग स्थापना गरिएको छ । विश्वनाथ ज्योतिर्लिङ्गमा महारुद्राभिषेको आयोजना गरिएको वनारसी धाम विश्वनाथ सेवा समाजका अध्यक्ष उत्तरबहादुर चन्दले बताए ।
महाशिवरात्रिको अवसरमा आयोजना गरिएको महारुद्राभिषेक फागुन १७ गते समापन गरिने अध्यक्ष चन्दले बताए ।
११ जना बाह्रमणहरुद्वारा महारुद्राभिषेक यज्ञको आयोजना गरिएको पण्डित गणेश पन्तले बताए ।
पौराणि सरयु नदी अर्थात सुर्नया नदीको किनारमा अवस्थित वनारसी धाम नै विश्वनाथ ज्योतिर्लिङ्ग भएको जानकारहरुले बताएका छन् । महाशिवरात्रिको अवसरमा पछिल्लो समयमा विश्वानाथ धाममा महारुद्राभिषेकको आयोजना गरिँदै आएको पन्तले बताए ।