
दार्चुला –माओवादी द्वन्दकालमा बेपत्ता भएका दार्चुलाका देवसिंह धामी २२ बर्षपछि घर फर्केका छन् ।
दार्चुलाको शैल्यशिखर नगरपालिका १ घर भएका धामी २२ बर्षपछि घर फर्किएका हुन् । २०५९ सालमा १७ वर्षको उमेरमा तत्कालीन माओवादी लडाकुहरुले निर्घात कुटपिट गरेपछि गाउँबाट भागेर उनी भारत पसेका थिए ।
माओवादीले मरिसक्यो भनेर छाडेका धामी बैतडी हुँदै भारत पुगेका थिए । उनी अहिले भारतको सिमलामा रोजगारी गर्दै आएका छन् । भारतमै विवाह गरेका धामी जन्मदर्ता बनाउन नेपाल आएका हुन् ।
वडा कार्यालयले देवको जन्मदर्ता गरिसकेको शैल्यशिखर नगरपालिका–१ का वडा अध्यक्ष भरतबहादुर खडायतले बताए ।
प्रकाशित मिति: बुधबार, फागुन १४, २०८१ १८:२१
प्रतिक्रिया दिनुहोस्