Sagun Khabar
महाकाली भन्सार कार्यालयले उठायो ६१ लाख बढी राजस्व 

बैतडी –महाकाली भन्सार कार्यालय झुलाघाटले चालु आर्थिक बर्षको अहिलेसम्म ६१ लाख बढी राजस्व संकलन गरेको छ । चालु आर्थिक बर्षको अहिलेसम्म ६१ लाख २६ हजार रुपैयाँ राजस्व संकलन भएको महाकाली भन्सार कार्यालयका लेखापाल देवराज रानाले बताए । 

चालु आर्थिक बर्षमा १ करोड ३ लाख ५९ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य रहेको रानाले बताए । गत बर्ष लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको कार्यालयले यो बर्ष बढी लक्ष्य तोकेको छ । 

Atrya hospital

गत आर्थिक बर्षमा ५० लाख ८९ हजार राजस्व संकलनको लक्ष्य राखेको कार्यालयले ८६ लाख ८४ हजार ९० रुपैयाँ राजस्व संकलन गरेको थियो । लक्ष्यभन्दा बढी राजस्व संकलन भएपछि यो बर्ष लक्ष्य बढी तोकिएको छ । 
तर यो बर्ष लक्ष्य अनुसार राजस्व संकलन हुने अवस्था देखिएको छैन् । देशैभरी भन्सार कार्यालयहरुमा लक्ष्य अनुसार राजस्व संकलन हुन सकेको छैन् । 

महाकाली भन्सार कार्यालय झुलाघाटले भारतबाट आयातित वस्तुबाट राजस्व संकलन गर्दै आएको छ । झुलाघाट नाकाबाट निर्यात भने शून्य रहेको लेखापाल रानाले बताए । 

झुलाघाट नाकाबाट कपडा, चप्पल,श्रृंगार, भाँडाकुडा लगायत सामग्री आयत हुँदै आएका छन् । 
 

प्रकाशित मिति: शुक्रबार, फागुन १६, २०८१  १३:०५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update