Sagun Khabar
उत्तराखण्डमा हिमपहिरो: ३३ मजदूरको उद्धार, २२ अझै बेपत्ता
Atrya hospital

चमोली – भारतको उत्तराखण्ड राज्यको चमोली जिल्लामा हिमपहिरो जाँदा फसेका मजदूरमध्ये ३३ जनाको सफल उद्धार गरिएको छ, जबकि २२ जना अझै बेपत्ता छन्।

बद्रीनाथ धाम नजिक मनामा गएको हिमपहिरोले सीमा सडक सङ्गठन (बीआरओ) को सडक निर्माणमा खटिएका मजदूरलाई प्रभावित बनाएको हो। चमोलीका जिल्ला अधिकारी सन्दीप तिवारीका अनुसार कुल ५५ मजदूरमध्ये दुई जना बिदामा रहेका कारण घटनाको समयमा उपस्थित थिएनन्।

बेपत्ताको खोजी तथा उद्धारका लागि भारतीय सेना, आईटीबीपी, एनडीआरएफ, र एसडीआरएफका टोली परिचालन भएका छन्। हिमपातका कारण उद्धारमा कठिनाइ भए पनि उद्धार टोली लगातार प्रयासरत रहेको अधिकारीहरूले जनाएका छन्।

प्रकाशित मिति: शनिबार, फागुन १७, २०८१  ११:१३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update