Sagun Khabar
नेविसंघ बैतडीमा किचलोले उग्ररूप लिएपछि , पदाधिकारीको सामुहिक राजीनामा

बैतडी - नेपाल विद्यार्थी संघ बैतडीको कार्यसमितिमा पदाधिकारी बीच भएको किचलोले उग्ररु लिए पछि  विभिन्न तहका १० जना पदाधिकारीहरूले संगठनभित्रको असहमति, नेतृत्व तहको असहयोग, अपारदर्शी निर्णय प्रक्रिया तथा विद्यार्थीहरूको हकहित प्राथमिकतामा नपरेको भन्दै सामूहिक राजीनामा दिएका छन्।

राजीनामा दिने पदाधिकारीहरूका अनुसार, संगठनलाई लोकतान्त्रिक, पारदर्शी र विद्यार्थीमैत्री बनाउन गरिएका अनेक प्रयासहरू नेतृत्व तहले वेवास्ता गर्दै आएको पछि राजीनामा दिएको बताइएको छ । संगठनभित्र संवादको वातावरण खस्कँदै गएको र निर्णय प्रक्रियामा पारदर्शिता हराएपछी आफुहरुले संगठन सुधारका लागि पटक–पटक गरिएका प्रयास असफल भएको ठम्याउदै राजिनामा दिएको नेपाल विद्यार्थी संघबैतडीका प्रवक्ता राजेन्द्र जोशीले बताए ।

Atrya hospital

नेपाल विद्यार्थी संघ बैतडीले विद्यार्थीको हकहित भन्दापर गएर व्यक्तिगत स्वार्थहरू हाबी गर्ने गरेपछि  पदाधिकारीहरू बाध्य भएर संगठनबाट अलग हुने निर्णयमा पुगेका जोशीले बताएका छन । राजीनामा दिने पदाधिकारीहरूले संगठनभित्र देखिएको असहज परिस्थितिप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका छन्। उनीहरूले संगठनलाई विधिसम्मत बनाउने, समन्वय सुधार्ने र विद्यार्थीका वास्तविक मुद्दाहरू उठाउने उद्देश्यले विभिन्न तहमा आवाज उठाए पनि नेतृत्व तहले बारम्बार ती मागहरूलाई बेवास्ता गरेको बताएका छन्।

नेपाल विद्यार्थी संघका पदाधिकारीले आज सामुहिक राजीनामा दिदै संगठनभित्र सुधारका लागि भएका प्रयासहरूलाई नेतृत्व तहले वेवास्ता गरेको आरोप लगाएका छन । संगठनलाई अपारदर्शी र व्यक्तिगत स्वार्थमा आधारित बनाउँदै लगेको उनीहरूको आरोप रहेको छ।

सामुहिक राजीनामा दिने पदाधिकारीको नामावली - १. राजेन्द्र जोशी – प्रवक्ता (पूर्व जिल्ला सदस्य) २. गणेश साउद – जिल्ला सदस्य ३. उमेश भट्ट – दोगडाकेदार गाउँपालिका संयोजक (पूर्व केन्द्रीय महाधिवेशन प्रतिनिधि) ४. राजेन्द्र सिंह धामी – डीलासैनी गाउँपालिका संयोजक ५. दिनेश घरेडी – जिल्ला सदस्य ६. लक्ष्मी जोशी – जिल्ला सदस्य ७. सुरेन्द्र प्रसाद जोशी – जिल्ला सदस्य ८. रमेश भट्ट – दोगडाकेदार गाउँपालिका सदस्य ९. निशा भट्ट – दोगडाकेदार गाउँपालिका सदस्य १०. कलावती भट्ट – दोगडाकेदार गाउँपालिका सदस्य

प्रकाशित मिति: आइतबार, फागुन १८, २०८१  २०:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update