
बैतडी- बैतडीमा बाघले आक्रमण गरि एकै किसानका ६ वटा बाख्रा मारेको छ । जिल्लाको पाटन नगरपालिका–२ सिन्टोल्का शंकर सिहं महराका आइतबार राती बाघले ६ वटा बाख्रा मारेको हो ।
खोर भित्रै पसेर बाघले ६ वटा बाख्रा मारेर लगेको किसान महराले बताएका छन् । ५ वटा बाख्रा घर नजिकैको खोलामा मरेको अवस्थामा भेटिएका र एक बाख्रो नभेटिएको महराले बताएका छन् ।
पाटन–२ का रिसेडी लगायतका अन्य टोलहरुमा पनि बाघले दिनहु चौपाया मारिरहेको भुमिराज आधारभूत विधालयका प्रधानाध्यापक कमल सिंह महराले जानकारी दिए । पाटन–८ कै सल्माडीमा पनि बाघले बाख्रामाथी आक्रमण बढाइरहेको स्थानीय लोकेन्द्र बिष्टले बताए ।
पक्षिल्लो समयमा पाटन नगरपालिकाका विभिन्न स्थानमा लगातार बाघ देखिन थालेपछि त्रास बढेको स्थानीयहरुले बताएका छन् ।
प्रकाशित मिति: सोमबार, फागुन १९, २०८१ १२:०७
प्रतिक्रिया दिनुहोस्