
बैतडी- दार्चुलामा एकल महिलाहरुलाई बाख्रा बितरण गरिएको छ । जिल्लाको अपिहिमाल गाउँपालिकाले एकल महिलाहरुलाई बाख्रा बितरण गरेको हो । एकल महिला उपाध्यक्ष कार्यक्रम अन्र्तगत सोमबार वडा न. ५ र ६ का ११ जना एकल महिलाहरुलाई आर्थिकरुपमा आत्मनिर्भर बनाउने उद्देश्यले बाख्रा बितरण गरिएको गाउँपालिकाकी उपाध्याक्ष देबकी बोहराले बताउनुभयो ।
दुईवटै वडाका एकल महिलाहरुलाई स्थानीय खरि जातका ३५ वटा बाख्रा बितरण गरिएको गाउँपालिकाकी उपाध्यक्ष बोहराले बताईन । आर्थिकरुपमा आत्मनिर्भर बनाउने उद्देश्यले एकल महिलालाई बाख्रा वितरण गरिएको उनले बताइन् । बाख्रा पालनबाट एकल महिलालाई आयआर्जनमा टेवा पुग्ने र आर्थिकरुपमा आत्मनिर्भर बनाउने अपेक्षा गरिएको छ ।
उपाध्य बोहराले पालिका भित्रका महिलाहरुका लागी एकल महिला उपाध्यक्ष कार्यक्रम,गर्भवती महिला पोषण कार्यक्रम,राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्र्तगत महिलाहरुलाई होमस्टेका लागीे तालिम तथा अनुदान जस्ता कार्यक्रम सञ्चालनमा रहेको बताउनुभयो ।
उपाध्याक्ष बोहराले पालिका भित्रका महिलाहरुको आर्थीक अवस्था सुधार तथा आत्मानिर्भर बनाउने उद्देश्यले बिभिन्न कार्यक्रमहरु गर्दै आईरहनुभएको छ ।