Sagun Khabar
दार्चुलामा जिप दुर्घटना हुँदा तिन जना घाइते, चालकको अवस्था गम्भीर
Atrya hospital

दार्चुला-  दार्चुलामा जिप दुर्घटना हुँदा तिन जना घाइते भएका छन् । जिल्लाको महाकाली नगरपालिका वडा नम्बर २ मुल्लाभन्ने ठाँउमा सु.प.प्र -००१ ज ०००५ नम्बरको जिप बुधबार दुर्घटनामा परेको हो ।

घाईते हुनेमा महाकाली नगरपालिका वडा न २ का २५ वर्षिय चालक महेश भुल,सोहि वडाका १५ वर्षिय सागर भुल र ३ बर्षिय धौले भुल रहेका जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक छत्र बहादुर रावतले जानकारी दिए ।
जिपमा सवार  तिन जना घाइते मध्ये चालक महेश भुलकोे अवस्था गम्भीर रहेको प्रहरी निरीक्षक छत्र बहादुर रावतले जानकारी दिए ।

घाइते तीनै जनालाई उपचारको लागी जिल्ला अस्पताल दार्चुला पठाइएको र घाइतेहरुको उपचार भईरहेको उनले बताए । दल्लेख बाट दार्चुलाकै खलंगा जादै गरेको जिप दुर्घटनामा परेको हो ।  दुर्घट्नाका बिषयमा थप अनुसन्धान भईरहेको उनले बताए ।

प्रकाशित मिति: बुधबार, फागुन २१, २०८१  १८:०१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update