Sagun Khabar
दार्चुला जिप दुर्घटना अपडेट : घाइते चालकको मृत्यु 

दार्चुला –दार्चुलामा जिप दुर्घटनामा परि गम्भीर घाइते भएका चालकको मृत्यु भएको छ ।

बुधबार दिउँसो ४ बजे जिल्लाको महाकाली नगरपालिका वडा नम्बर २ मुल्लाभन्ने स्थानमा सु.प.प्र –००१ ज ०००५ नम्बरको जिप दुर्घटनामा परि गम्भीर घाइते भएका महाकाली नगरपालिका वडा नम्बर २ का २५ बर्षीय जिप चालक महेश भुलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी छत्रबहादुर रावतले जानकारी दिए ।

Atrya hospital

घाइते भुलको जिल्ला अस्पताल दार्चुलामा उपचारका क्रममा मृत्यु भएको उनले बताए । 

दुुर्घटनामा परि घाइते भएका महाकाली नगरपालिका–२ १५ बर्षीय सागर भुल र ३ बर्षीय धौले भुलको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक रावतले बताए । 
 

प्रकाशित मिति: बिहीबार, फागुन २२, २०८१  ०७:३९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update