Sagun Khabar
सुनको भाउ तोलामा तीन सय रुपैयाँले बढ्यो 
Atrya hospital

काठमाण्डौ – आज सुनको भाउ तीन सय रुपैयाँले बढेको छ । सुनको भाउ तीन सय रुपैयाँले बढेर तोलाको एक लाख ७० हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुन तोलाको एक लाख ७० हजार चार सय रुपैयाँमा कारोबार भएको थियो । पछिल्लो केही दिनयता सुनको भाउ लगातार बढिरहेको छ ।

त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदीको भाउ ३५ रुपैयाँले बढेर तोलाको एक हजार नौ सय ८५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको एक हजार नौ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।
 

प्रकाशित मिति: बिहीबार, फागुन २२, २०८१  १२:५३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update