Sagun Khabar
बैतडीको सुर्नयाले कक्षा–८ को परीक्षमा उत्कृष्ट हुने विद्यार्थीलाई नगद पुरस्कार दिने 

बैतडी–बैतडीको सुर्नया गाउँपालिकाले चालु शैक्षिक सत्रमा कक्षा ८ को परीक्षामा उत्कृष्ट हुने तीन जना विद्यार्थीहरुलाई नगद पुरस्कार प्रदान गर्ने भएको छ । यही फागुन २६ गतेदेखि सञ्चालन हुने परीक्षामा पालिकाभरीमा प्रथम,द्वितीय र तृतीय हुने विद्यार्थीलाई नगद पुरस्कार प्रदान गरिने सुर्नया गाउँपालिकाका शिक्षा शाखा प्रमुख टंकप्रसाद अवस्थीले बताए । 

पालिकास्तरीय कक्षा ८ को आधारभूत परीक्षामा प्रथम हुनेलाई ८ हजार, दोश्रो हुनेलाई ६ हजार र तेश्रो हुनेलाई ४ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गर्ने गाउँ शिक्षा समितिले निर्णय गरेको शिक्षा शाखा प्रमुख अवस्थीले बताए । सुर्नया गाउँपालिकाभरी चालु शैक्षिक सत्रमा ४ सय १२ जना परीक्षार्थी कक्षा ८को परीक्षामा सहभागी हुँदैछन् । 

सुर्नया गाउँपालिकाले कक्षा ८ को पालिकास्तरीय परीक्षा आठओटा केन्द्रबाट सञ्चालन गर्ने तयारी गरेको छ । परीक्षाको तयारी अन्तिम अवस्थामा पुगेको शिक्षा शाखा प्रमुख अवस्थीले बताए । विद्यार्थीहरुको मनोबल बढाउन पुरस्कारको व्यवस्था गरिएको उनले बताए । 

Atrya hospital

सुर्नया–१ स्थित उच्चाकोट मावि गुर्केली, सुर्नया २ स्थित वासुदेव मावि लिस्किटा, सुर्नया–३ स्थित भुवनेश्वर मावि गोयली, सुर्नया –४ स्थित राष्ट्रिय मावि फाटीगडा, सुर्नया –५ स्थित रौलेश्वर मावि रामकीबरायल, सुर्नया –६ स्थित सिगास मावि मुसे, सुर्नया ७ स्थित भुवनेश्वर मावि चौथाली र सुर्नया –७ स्थित केदार मावि कठमडालाई केन्द्र तोकिएको शिक्षा शाखा प्रमुख अवस्थीले बताए । 

उच्चाकोट मावि गुर्केली केन्द्रमा उच्चाकोटकै परीक्षार्थी सहभागी हुनेछन् । वासुदेव मावि लिस्किटामा नेपाल राष्ट्रिय मावि ग्वानी, वासुदेव मावि लिस्किटा, वासुदेव आवि तडीगाउँ र केदार आवि सल्लाघारीका परीक्षार्थी सहभागी हुनेछन् । 

यस्तै भुवनेश्वर मावि गोयली केन्द्रमा भुवनेश्वर माविका साथै विश्वेश्वर आवि बाँसका परीक्षर्थी सहभागी हुने बताइएको छ । 

यस्तै राष्ट्रिय मावि फाटीगडा केन्द्रमा फाटीगडाका साथै उदयदेव मावि पालीडा र पञ्चदेव आवि डबरालीका परीक्षार्थीहरु सहभागी हुने शिक्षा शाखा प्रमुख अवस्थीले बताए । 

यस्तै रौलेश्वर मावि रामकीबरायल केन्द्रमा रौलेश्वर माविका साथै सिद्धनाथ आधारभूत विद्यालय धुलिधारका परीक्षार्थीहरु सहभागी हुनेछन् । 

यस्तै सिगास मावि मुसेमा सिगास माविका साथै गलिनाथ आवि चौकाका परीक्षार्थीहरु सहभागी हुने शिक्षा शाखा प्रमुख अवस्थीले बताए । शंकर संस्कृत मावि मूलखटाली र भुवनेश्वर मावि चौथालीको केन्द्र भुवनेश्वर मावि चौथालीमा तोकिएको छ । 

केदार मावि कठमडा,कैलपाल मावि झाडबो र भूमीराज मावि ढोलेको परीक्षाकेन्द्र केदार मावि कठमडामा तोकिएको गाउँपालिकाले जनाएको छ ।

आगामी शनिबार भित्र परीक्षा केन्द्रका केन्द्राध्यक्षहरुको नियुक्ती गरिसक्ने र परीक्षाका आवश्यक सबै सामग्रीहरु केन्द्रमा पुर्याइसक्ने योजना रहेको बताइएको छ । 
 

प्रकाशित मिति: बिहीबार, फागुन २२, २०८१  १४:३४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update