
कैलाली –कैलालीमा विद्युतका एक कर्मचारी माथि खुकुरी प्रहार गरिएको छ ।
जिल्लाको अत्तरियामा रहेको नो लाइट काउन्टरका कर्मचारी सुन्दरलाल चौधरीमाथि खुकुरी प्रहार गरिएको हो ।
चौधरीमाथि अज्ञात समूहले खुकुरी प्रहार गरेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ । मोटरसाइकलमा आएका ६ जनाले चौधरीमाथि खुकुरी प्रहार गरेका हुन् । खुकुरी प्रहारबाट चौधरीको टाउकोमा चोट लागेको छ ।
घाइते चौधरीको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको छ । खुकुरी प्रहार गर्नेहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । चौधरीमाथि खुकुरी प्रहार गर्नुको कारण भने खुलेको छैन् ।
प्रकाशित मिति: बिहीबार, फागुन २२, २०८१ १६:३८
प्रतिक्रिया दिनुहोस्