Sagun Khabar
दार्चुलाका एक जना बेपत्ता, खोजी कार्यमा सहयोग गरिदिन परिवारजनको अपिल 

दार्चुला –दार्चुलाका एकजना पुरुष बेपत्ता भएका छन् । जिल्लाको मालिकार्जुन गाउँपालिका –८ पस्ती दुधेखोला घर भएका ५६ बर्षीय गोपाल पन्त बेपत्ता भएका उनका छोरा कपिल पन्तले जानकारी दिए । 

यही फागुन १९ गते घरबाट जोलजिवी जान्छु भनेर गएका पन्त सोहीदिनबाट सम्पर्क विहिन भएका बताइएको छ । 

Atrya hospital

चारदिनदेखि बेपत्ता रहेका पन्तको परिवार र आफन्तजनले खोजीकार्य गरेका भएपनि फेला पार्न नसकिएको उनले बताए । बेपत्ता पन्तले घरबाट निस्किँदा सेतो रंगको टोपी, कालो रंगको लेदरको ज्याकेट, कालो रंगको पाइन्ट र रातो रंगको चप्पल लगाएको पारिवारिक श्रोतले जनाएको छ ।

पन्तलाई कसैले फेला पारेमा नजिकको प्रहरी कार्यालय वा फोन नम्बर ९८६५९५९९७९ मा सम्पर्क गरिदिन आग्रह गरिएको छ । 
 

प्रकाशित मिति: बिहीबार, फागुन २२, २०८१  १६:४८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update