Sagun Khabar
गृहमन्त्री लेखकले लिए बैतडीको शान्ति सुरक्षाको अवस्थामा बारेमा जानकारी 
Atrya hospital

बैतडी –गृहमन्त्री रमेश लेखकले बैतडीको शान्तिसुरक्षाका बारेमा जानकारी लिएका छन् । 

बझाङ जाने क्रममा आज बिहान खोड्पे प्रहरीचौकीको निरीक्षण गर्दै उनले जिल्ला शान्ति सुरक्षाको अवस्थाका बिषयमा जानकारी लिएका हुन् । मन्त्री लेखकले जिल्लाको समग्र शान्ति सुरक्षाको बिषयमा जानकारी लिनुका साथै आवश्यक निर्देशन समेत दिएको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए । उनले भने,‘खोड्पे प्रहरी चौकीको निरीक्षणका क्रममा गृहमन्त्रीज्यूले जिल्लाको समग्र शान्तिसुरक्षा र विपद् व्यवस्थापनको बिषयमा  जानकारी लिनुभयो । साथै आवश्यक निर्देशन समेत दिनुभयो ।’

मन्त्री लेखकले जिल्लाको शान्ति सुरक्षा,विपद् व्यवस्थापन, लागूऔषध नियन्त्रण, अपराध नियन्त्रण लगायतका बिषयमा सुरक्षा निकायका अधिकारीहरुलाई निर्देशन समेत दिएका छन् । 
 

प्रकाशित मिति: शुक्रबार, फागुन २३, २०८१  १७:५९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update