
बैतडी –नेकपा एमाले निकट राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपालको बैतडी जिल्ला अध्यक्षमा विरेन्द्र पाण्डेय चयन भएका छन् । शुक्रबार सम्पन्न अधिवेशनबाट पाण्डेयको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कमिटि चयन गरिएको हो ।
महासंघको उपाध्यक्षमा लोकेन्द्र बिष्ट, महिला उपाध्यक्षमा डम्बरी भट्ट, सचिवमा जगदीश भट्ट, सहसचिवमा लक्ष्मी टेलर, कोषाध्यक्षमा नविन भट्ट लगायत अन्य सदस्यहरु चयन भएका छन् ।
प्रकाशित मिति: शनिबार, फागुन २४, २०८१ ०८:२५
प्रतिक्रिया दिनुहोस्