Sagun Khabar
बैतडीमा ५ हजार ३ सय बढी परीक्षार्थीले एसईई दिने, तोकिए २७ केन्द्र 

बैतडी–बैतडीमा यो बर्ष ५ हजार ३ सय बढी परीक्षार्थीहरुले एसईई परीक्षा दिने भएका छन् । नियमित र ग्रेडवृद्धि गरेर ५ हजार ३ सय ६२ जना परीक्षार्थीहरुले एसईई परीक्षा दिने शिक्षा विकास तथा समन्वय इकाइ बैतडीका सूचना अधिकारी पुष्कर शर्माले जानकारी दिए । 

आगामी चैत ७ गतेबाट सञ्चालन हुने एसईई परीक्षामा साधारणतर्फका नियमित २ हजार ११५ छात्रा र १ हजार ९७६ छात्र गरेर ४ हजार ९१ परीक्षार्थी सहभागी हुनेछन् । यस्तै प्राविधिक धारतर्फका नियमित ९६ छात्रा र १ सय २० जना छात्र गरेर २ सय १६ जना परीक्षार्थी सहभागी हुने शर्माले बताए । 

यस्तै ५ सय ८६ छात्रा र ४ सय ६९ छात्र गरेर १ हजार ५ जनाले ग्रेडवृद्धि परीक्षा दिने शर्माले बताए । 

Atrya hospital

बैतडीमा यो बर्ष एसईई परीक्षा सञ्चालनका लागि २७ ओटा केन्द्र निर्धारण गरिएका छन् । प्राविधिक धारतर्फको परीक्षा र ग्रेड वृद्धि परीक्षा सञ्चालनका लागि जिल्ला सदरमुकाममै केन्द्र निर्धारण गर्नुपर्ने राष्ट्रिय परीक्षा बोर्डको परिपत्र अनुसार यो बर्ष थप दुईओटा केन्द्र निर्धारण गरिएका सूचना अधिकारी शर्माले बताए । 

प्राविधिक धारतर्फका परीक्षार्थीहरुका लागि विरेन्द्र मावि शाहीलेक (ख) र ग्रेड वृद्धिका लागि विरेन्द्र मावि शाहीलेक (ग) केन्द्र तोकिएको बताइएको छ । 

बैतडीमा १ सय २८ ओटा सामुदायिक र ५ ओटा संस्थागत विद्यालयका परीक्षार्थीहरुले एसईई परीक्षामा सहभागिता जनाउने सूचना अधिकारी शर्माले बताए । 

जिल्ला परीक्षा समन्वय समितिले २७ ओटा केन्द्र निर्धारण गरेर केन्द्र परीक्षाको तयारी गरिरहेको जनाएको छ । विरेन्द्र मावि शाहीलेकमा (क) (ख) र (ग) गरेर तीनओटा केन्द्र निर्धारण गरिएका छन् । 

यस्तै निङ्गलाशैनी मावि देहीमाण्डौं, कृष्ण मावि पाटन, सनातनधर्म मावि श्रीकोट, डिलेश्वरी मावि हाट, अर्जुन मावि गाँजरी, मणिलेक मावि काँडा मेलौली, दुर्गा मावि खलिगाड, विजयपुर मावि तितावै, सेटीगाउँ मावि ककरपाखा, ज्ञानेश्वर मावि विजयपुर, कुलाउँ मावि कुलाउँ, मणिलेक मावि गुरुखोला र दुर्गा मावि सिमारलाई केन्द्र निर्धारण गरिएको छ । 

यस्तै रौलेश्वर मावि रामकी बरायल, केदारनागार्जुन मावि बग्लेखान, खेती मावि तल्लादेही, शिक्षा केन्द्र अमर मावि धामीगाउँ, दशरथचन्द मावि सुन्दरखाली, लेकलुपुँड मावि गड, पहरौल मावि बागा, नेपाल राष्ट्रिय मावि ग्वानी, केदार मावि पिपलकोट, महेश्वरी मावि न्वाघर र नागार्जुन मावि शर्मालीलाई केन्द्र तोकिएको सूचना अधिकारी शर्माले बताए । 

यी हुन् बैतडीमा एसईईका लागि तोकिएका परीक्षा केन्द्र 

1a-1741408826.jpg
 

2a-1741408794.jpg
 

3a-1741408767.jpg
 

4a-1741408744.jpg
 

5a-1741408723.jpg
 

प्रकाशित मिति: शनिबार, फागुन २४, २०८१  १०:२६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update