Sagun Khabar
सुर्नयाका टोल–टोलमा नसर्ने रोगको परीक्षण गरिँदै 

बैतडी –बैतडीको सुर्नया गाउँपालिकाले टोल–टोलमा गएर नसर्ने रोगहरुको परीक्षण कार्य गरिरहेको छ । नसर्ने रोगको पहिचानका लागि एक महिने अभियान अन्तर्गत गाउँपालिकाले टोल–टोलमै स्वास्थ्यकर्मी खटाएको सुर्नया गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले बताए । 

गाउँपालिकाभरीका ६६ ओटा टोलमा स्वास्थ्यकर्मी खटाएर नसर्ने रोगको परीक्षण गर्ने कार्य भइरहेको बताइएको छ । ८ ओटै वडाका ६६ ओटा टोलमा सम्बन्धित वडाको स्वास्थ्यचौकीबाट स्वास्थ्यकर्मी खटाइएको महराले बताए । 

Atrya hospital

टोल–टोलमा गएर गाउँपालिकाबासीको स्वास्थ्य परीक्षण भइरहेको महराले बताए । स्वास्थ्यकर्मीहरुले मधुमेह, रक्तचाप, मृगौला सम्बन्धी जाँच र उचाइ अनुसारको तौल परीक्षण भइरहेको स्वास्थ्य शाखा प्रमुख महराले बताए । नसर्ने रोगहरुको पहिचान गर्ने अभियान अन्तर्गत नागरिकहरुको स्वास्थ्य परीक्षण गरेर उनीहरुलाई आवश्यकता अनुसार औषधि दिने कार्य समेत भइरहेको महराले बताए । उनले भने,‘हामीले प्रत्येक टोलमा स्वास्थ्यकर्मीहरुलाई खटाएर नसर्ने रोगको परीक्षण गरिरहेका छौं । ८ ओटै वडाका ६६ ओटा टोलमा यो अभियान सञ्चालन भइरहेको छ । स्वास्थ्य परीक्षणका क्रममा आवश्यकता अनुसार औषधी समेत वितरण गरिरहेका छौं ।’

फागुन महिनाभरी सबै टोलमा नसर्ने रोगको परीक्षण गर्ने कार्य सम्पन्न गरिसक्ने लक्ष्य रहेको महराले बताए । रोगको परीक्षण रिपोर्ट अनुसार पालिकाको एकमुष्ट रिपोट तयार पारेर बिरामीहरुलाई उपचारको दायरमा ल्याइने महराले बताए । 

पछिल्लो समयमा नसर्ने रोगको जोखिम बढ्दै गएकाले नसर्ने रोगबाट बचाउन र रोग लागेकाहरुलाई उपचारको दायरमा ल्याउन अभियान सञ्चालन गरिएको भौनेली स्वास्थ्यचौकीका प्रमुख सुरेन्द्रसिंह महराले बताए । अभियानका दौरानमा सचेतनामूलक स्वास्थ्य शिक्षा समेत दिने गरिएको उनले बताए । 

नसर्ने रोगको पहिचान कार्यक्रम अन्तर्गत टोल–टोलमै पुगेर नागरिकको स्वास्थ्य परीक्षण गर्ने कार्य भइरहेको शिखरपुर स्वास्थ्यचौकी प्रमुख बिरबहादुर बोहराले बताए । यो अभियानले नसर्ने रोगको जोखिममा रहेका नागरिकलाई सहज हुने उनले बताए । 

आफ्नो टोलमा स्वास्थ्यकर्मी आएको समयमा स्वास्थ्य परीक्षण गराउन पालिकाले आग्रह समेत गरेको छ । नसर्ने रोगको जोखिमबाट बचाउने र नसर्ने रोगबाट ग्रसित नागरिकलाई बचाउन अभियान सञ्चालन गरिएको स्वास्थ्य शाखा प्रमुख महराले बताए । अभियानबाट प्राप्त रिपोर्टका आधारमा नसर्ने रोगको जोखिम घटाउन आवश्यक रणनीति बनाइने उनले बताए । 
 

प्रकाशित मिति: शनिबार, फागुन २४, २०८१  १३:१०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update