
बैतडी –बैतडीको सुर्नयामा एक किशोरी मृत फेला परेकी छन् ।
सुर्नया गाउँपालिका–४ पालिगडाकी १३ बर्षीया लीला साउँद आफ्नै घरभित्र मृत फेला परेकी हुन् ।
आइतबार साँझ घरभित्र झुण्डिएको अवस्थामा साउँदको शव फेला परेको थियो ।
उदयदेव मावि पालिगडामा कक्षा ८ मा अध्ययनरत साउँदको मृत्युको कारण भन्ने खुल्न सकेको छैन् । घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ ।
प्रकाशित मिति: सोमबार, फागुन २६, २०८१ ०८:२५
प्रतिक्रिया दिनुहोस्