
अछाम –अछाममा माटोको ढिस्कोले पुरिएर दुई महिलाको मृत्यु भएको छ ।
जिल्लाको मंगलसैन नगरपालिका ९ ओलीगाउँ रातामाटे भन्ने ठाउँमा माटो खन्ने क्रममा माथिबाट खसेको माटोको ढिस्कोमा पुरिएर मंगलसैन नगरपालिका–८ सुतडाकी २८ बर्षीया देउरुपा बोहरा र २५ बर्षीया बिनिता बोहराको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुने एकै घरका देउरानी–जेठानी रहेको बताइएको छ ।
प्रकाशित मिति: मंगलबार, फागुन २७, २०८१ ०८:३०
प्रतिक्रिया दिनुहोस्