
बैतडी –नवप्रभात संयुक्त क्याम्पस कुलाउ बैतडीमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को नेतृत्व सर्वसम्वत चयन गरिएको छ । विद्यार्थी संगठनहरुबीच सहमतिका आधारमा नेतृत्व चयन गरिएको नवप्रभात संयुक्त क्याम्पस कुलाउले जनाएको छ ।
स्ववियु सभापतिमा अनेरास्ववियुकी सपना चन्द निर्विरोध चयन भएकी छन् । सचिवमा नेपाल विद्यार्थी संघकी अस्मिता जोशी र कोषाध्यक्षमा अनेरास्ववियु क्रान्तिकारीकी लक्ष्मी चन्द निर्विरोध चयन भएका क्याम्पस प्रमुख मोतीसिंह मंगोलाले जानकारी दिए ।
यस्तै सदस्यमा अनेरास्ववियुकी बल्ली जोशी,इश्वरी भट्ट र मुना साउँद चयन भएका छन् नेविसंघकी सुनिता चन्द, दिपा घटाल र अनेरास्ववियु क्रान्तिकारीकी एलीसा चन्द पनि सदस्यमा चयन भएका मंगोलाले बताए ।
समानुपातिक सदस्यतर्फ अनेरास्ववियुकी रमना चन्द र दिपा साउँद, नेविसंघकी प्रियंका मंगोला र गीता सार्की र अनेरास्ववियु क्रान्तिकारीकी मनिसा साउँद चयन भएका छन् ।
भोलि निर्वाचनको अन्तिम नतिजा प्रकाशन गरिने बताइएको छ । भोलि नै उपाध्यक्ष र सहसचिव पदको टुंगो लाग्ने बताइएको छ । उपाध्यक्ष अनेरास्ववियु क्रान्तिकारी र सहसचिव अनेरास्ववियुलाई दिने विद्यार्थी संगठनहरुबीच सहमति भएको क्याम्पस प्रमुख मंगोलाले बताए ।