
बैतडी–बैतडीको श्रीकोट बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन अन्तर्गत बुधबार मनोनयन दर्ता गरिएको छ । स्ववियुको नेतृत्वका लागि अनेरास्ववियु र नेविसंघले चुनावी तालमेल गरेका छन् भने अनेरास्ववियु क्रान्तिकारी एक्लै चुनावी मैदानमा उत्रिएको छ ।
नेविसंघ र अनेरास्ववियुले तालमेल गरेर उम्मेदवारको मनोनयन दता गरेका छन् भने अखिल क्रान्तिकारीले एक्लै उम्मेदवारी दर्ता गरेको छ ।
स्ववियु सभापतिका लागि अनेरास्ववियु र नेविसंघकातर्फबाट नवीन कपाडीले उम्मेदवारी दता गरेका छन् भने अनेरस्ववियु क्रान्तिकारीका तर्फबाट सुरेन्द्र कार्कीले उम्मेदवारी दर्ता गरेका छन् ।
यस्तै सचिवमा अनेरास्ववियुका नारायणप्रसाद अवस्थी र अनेरस्ववियु क्रान्तिकारीका तुलसी जोशीको उम्मेदवारी दर्ता भएको निर्वाचन संयोजक नरेन्द्रप्रसाद पन्तले बताए । यस्तै कोषाध्यक्ष पदका लागि नेविसंघकी लक्ष्मी भट्ट र अनेरास्ववियु क्रान्तिकारीकी हेमन्ती जोशीको उम्मेदवारी दर्ता भएको छ ।
यस्तै सदस्य पदका लागि अनेरास्ववियुका यज्ञराज अवस्थी, रेखा कार्की र जयन्ती बिष्टको उम्मेदवारी दर्ता भएको छ भने नेविसंघकातर्फबाट मनिषा बिष्ट र भागरथी जोशीको उम्मेदवारी दर्ता भएको छ । यस्तै अनेरास्ववियु क्रान्तिकारीकातर्फबाट मीना कार्की,रेखा कार्की र जगदीश कुँवरको उम्मेदवारी दर्ता भएको छ ।
यस्तै समानुपातिक सदस्यतर्फ अनेरास्ववियुका उमेश भट्ट,दिपक लुहार, करनबहादुर साउँद, माइकल भण्डारी,वसन्ती कार्की, सन्तोषी कपाडी र जानकी भट्टको उम्मेदवारी दर्ता भएको छ । यस्तै नेविसंघका उमेशबहादुर साउँद,भावना भट्ट, कुमारी गीता जोशी, मानमती साउँद, सरीता बिष्ट, सुशीला भण्डारी र कविता कार्कीको उम्मेदवारी दर्ता भएको छ ।
यस्तै समानुपातिक सदस्यतर्फ अनेरास्ववियु क्रान्तिकारीका लोकबहादुर कार्की, मनिषा ऐरी, निर्मला कार्की र पार्वती जोशीको उम्मेदवारी दर्ता भएको निर्वाचन संयोजक पन्तले बताए ।
चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि श्रीकोट बहुमुखी क्याम्पसमा २ सय ५९ जना विद्यार्थी मतदाता रहेका निर्वाचन संयोजक पन्तले बताए ।