
बैतडी –बैतडीको सेटीगाउँ बहुमुखी क्याम्पस गोकुलेश्वरमा स्ववियु नेतृत्वका लागि नेविसंघ र अनेरास्ववियु क्रान्तिकारीले संयुक्त प्यानल बनाएका छन् भने अनेरास्ववियु एक्लै चुनावी मैदानमा उत्रिएको छ ।
स्वतन्त्र विद्यार्थी युनियनको नेतृत्वका लागि नेविसंघ र क्रान्तिकारी मिलेर उम्मेदवारी दर्ता गरेका छन् भने अनेरास्ववियु एक्लैले उम्मेदवारी दर्ता गरेको छ ।
चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि सभापति पदमा नेविसंघ र अखिल क्रान्तिकारीका संयुक्त उम्मेदवार नेविसंघका कृष्णसिंह रावलले उम्मेदवारी दर्ता गरेका छन् भने अनेरास्ववियुकातर्फबाट सभापति पदमा रमेश मालले उम्मेदवारी दर्ता गराएका निर्वाचन अधिकृत राजेन्द्रप्रसाद जोशीले बताए ।
यस्तै सचिवमा संयुक्त प्यानलकातर्फबाट क्रान्तिकारीका कुमार लावड र अनेरास्ववियुकी पूजा खत्रीको उम्मेदवारी दर्ता भएको छ । यस्तै कोषाध्यक्ष पदमा संयुक्त प्यानलकातर्फबाट क्रान्तिकारीका भुवन भण्डारी र अनेरास्ववियुकातर्फबाट भावना जोशीको उम्मेदवारी दर्ता भएको छ ।
यस्तै सदस्य पदमा संयुक्त प्यानलकातर्फबाट आरती बिष्ट, कविन्द्र सितोली,उषा साउँद, सन्तोषी खडायत र हीरा गोयलाको उम्मेदवारी दर्ता भएको छ । यस्तै अनेरास्ववियुकातर्फबाट सन्तोषी बिष्ट, प्रकाश बिष्ट, राजमती नाथ,जयन्ती जोशी र अर्चना साउँदको उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृत जोशीले बताए ।
यस्तै समानुपातिकतर्फ नेविसंघका अम्बिका जोशी, संगीता रावल,पुनम भण्डारी, जगदीश जोशी, रेजिना रवाल, बिमला खडायत र ललिता साउँदको उम्मेदवारी दर्ता भएको छ । यस्तै अखिल क्रान्तिकारीकातर्फबाट हरपलसिंह माल, विरेन्द्रबहादुर बोहरा, अनुजा ठगुन्ना, किसनसिंह माल र जानकी रावलको उम्मेदवारी दर्ता भएको छ ।
यस्तै समानुपातिकतर्फ अनेरास्ववियुका बबिता घरडी, भानदेव नाथ, पार्वती जोशी, गोमती नाथ, कोपिलाकुमारी धामी, प्रकाश जोशी र सुशीला धामीको उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृत जोशीले बताए ।
सेटीगाउँ बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनका लागि २ सय ७० जना विद्यार्थी मतदाता रहेका बताइएको छ ।