Sagun Khabar
तराई–मधेशमा आज होली मनाइँदै
Atrya hospital

काठमाण्डौ – रङ्गहरूको पर्व होली आज तराई–मधेशमा हर्षोल्लासका साथ मनाइँदै छ । हिमाली एवम् पहाडी जिल्लामा होली (फागुपूर्णिमा) मनाइएको भोलिपल्ट तराईका जिल्लामा आज होली मनाउन लागिएको हो ।

आज झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, उदयपुर, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, नवलपरासी (बर्दघाट सुस्तापूर्व), नवलपरासी (बर्दघाट सुस्तापश्चिम), रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरलगायत जिल्लामा होली मनाइँदै छ । होली मनाइने तराईका जिल्लाहरुमा आज सार्वजनिक बिदा दिइएको छ  ।
 

प्रकाशित मिति: शुक्रबार, चैत १, २०८१  ०७:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update