Sagun Khabar
अछामका तीन घरमा आगलागी 

अछाम –अछाममा ३ घरमा आगलागी भएको छ । जिल्लाको मेल्लेख गाउँपालिका–७ रिठेगाउँ बस्ने जोगी लुहारको २ तले कच्ची घरमा बिहिबार आगलागी भएको प्रहरीले जनाएको छ ।

यस्तै सोही ठाउँका दले लुहारको गाईगोठमा आगलागी भएको प्रहरीले जनाएको छ ।  बच्चाहरुले नजिकैको खेतबारीमा बालेको आगो हावाहुरीका कारण दले लुहारको गोठमा सल्किदा उनका २ वटा गोठ पूर्ण रुपमा जलेर नष्ट भएका छन् । 

Atrya hospital

यस्तै अछामको मेल्लेख गाउँपालिका–२ डाँडाश्रीका मन्नामे बुढाको २ तले कच्ची घरमा आगलागी हुँदा गोठमा रहेका २ वटा कुकुरका बच्चा जलेर मरेका प्रहरीले जनाएको छ । घरको चुलोमा बालेको आगोको झिल्का हावाले उडाइ कपडामा सल्किँदा आगलागी भएको बताइएको छ । 

उक्त आगलागीबाट एक लाख पचास हजार रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायव उपरीक्षक ईश्वरी प्रसाद भण्डारीले बताए।
 

प्रकाशित मिति: शुक्रबार, चैत १, २०८१  ११:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update