Sagun Khabar
बैतडीमा बेवारिसे शव फेला 
Atrya hospital

बैतडी–बैतडीमा एक बेवारिसे शव फेला परेको छ । जिल्लाको दोगडाकेदार गाउँपालिका–५ दोलीमा अन्दाजी ४० बर्षीय पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए । 

महाकाली राजमार्ग अन्तर्गत सतबाँझ –गोकुलेश्वर सडक छेउमा शनिबार बिहान ८ बजेतिर शव फेला परेको प्रहरी निरीक्षक पाण्डेयले बताए । 

घटनास्थलमा पुगेर प्रहरीले अनुसन्धान शुरु गरेको र शवको पहिचान हुन नसकेको प्रहरी निरीक्षक पाण्डेयले बताए । 
 

प्रकाशित मिति: शनिबार, चैत २, २०८१  ११:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update