Sagun Khabar
बैतडीको पाटनमा भोलि शोक बिदा 

बैतडी–बैतडीको पाटन नगरपालिकाले भोलि (आइतबार) शोक बिदा दिएको छ । 

पाटन नगरपालिका–३ स्थित गुजर स्वास्थ्यचौकीमा कार्यरत सिनियर अनमी माया केसीको निधन भएकाले आइतबार शोक बिदा दिइएको नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । 

Atrya hospital

केसीको फागुन २८ गते असमायिक निधन भएको थियो । केसीको निधनले स्वास्थ्य क्षेत्रमा अपूरणीय क्षति पुगेको नगरपालिकाले जनाएको छ । भोलि नगरपालिका मातहतका सबै कार्यालयहरुमा शोक बिदा रहेको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत ललितकुमार पाण्डेयले बताए । 

sok-bida-1742021063.jpg
 

प्रकाशित मिति: शनिबार, चैत २, २०८१  १२:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update